मध्य भोटेकोशी जलविद्युतको सेयर कारोबार खुलेकै दिन लाग्यो सर्किट

डिसी नेपाल
११ पुष २०७८ ११:५५
1.3k
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११० रुपैयाँ सर्किट लागेको हो।

मध्य भोटेकोशीको शेयरमूल्य १० रुपैंयाले बढेर प्रतिकित्ता ११० रुपैयाँ पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १० लाख २६ हजार २१८ कित्ता रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर कारोबार आइतबारदेखि खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ ३९ पैसादेखि अधिकतम २८३ रुपैयाँ १७ पैसा तोकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.