आज सलमानको जन्मदिन : कति वर्षका भए सलमान, यी हुन् उनका राेचक किस्सा
मुम्बई। बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन। बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन। सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन्।
उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो। सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन्। फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउँछन्। यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्-
सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन्। यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए। उनका अनुसार २० वर्ष यता उनी कुनै होटल र रेष्टुरेन्टमा गएका छैनन्।
उनी होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जान्छन्। सलमान किचनको बाटो जान रुचाउछन् किनकी भोक लागेको अवस्थामा उनले त्यहाँ खाना खान पाउँछन्।
सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्ममा उनले सहकलाकारको भूमिका निर्वाह गरेका थिए । उनलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्याे । सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो ।
यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गरे । सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन् । केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन् ।
सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउछन् । केक काट्न मन नपराउने सलमानको जन्मदिन केक उनका भतिज काट्छन् । सलमान उनीबाहेक अरुले आमा सलमा र हेलनलाई अन्यले छोएको मनपराउदैनन् । उनका साथीहरु पनि टाढैबाट अंगालो मार्छन् । सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डराउँछन्।







डिसी नेपाल








Facebook Comment