जोशी हाइड्रोपावरले डाक्यो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

डिसी नेपाल
१२ पुष २०७८ १०:०३
52
Shares

काठमाडौं। जोशी हाइड्रोपावरले एकैदिन तिन आर्थिक वर्षको वार्षिक साधारण सभा माघ ३ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११.३० बजेका लागि आह्वान गरेको हो ।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ । यसैगरी, सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ मा लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.