सलमान खानपछि चर्चित पप गायिका माएटालाई पनि सर्पले टोक्यो
काठमाडौं। पछिल्लो समय चर्चित कलाकारहरुलाई सर्पले टोक्ने क्रम बढेको छ । शनिबार बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको थियो । लगत्तै पप गायिका माएटालाई पनि सर्पले टोकेको छ । हलिउड पप गायिका माएटालाई म्युजिक भिडियो सुटिङ गर्ने क्रममा सर्पले टोकेको हो । माएटाले आफूलाई सर्पले टोकेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
२१ वर्षकी माएटालाई भिडियोमा एउटा कार्पेटमा सुतेको देख्न सकिन्छ । उनको आसपास केही सर्पहरु छन् । एउटा सर्प उनको अनुहार नजिकै छ जसले अचानक उनलाई टोक्छ । माएटाले सर्पलाई आफूबाट अलग गर्छिन् र पीडामा अर्कोतर्फ पल्टिन्छिन् । माएटाले भिडियो शेयर गर्दै फेरि कहिल्यै पनि यस्तो नगर्ने बताएकी छिन् ।
View this post on Instagram
पिपुल म्यागजिनका अनुसार माएटाको म्युजिक भिडियोमा प्रयोग गरिएको सर्प विषालु थिएन । माएटा आर एण्ड बी गायिका हुन् । २१ वर्षकी माएटाले किशोर अवस्थामै साउण्डक्लाउडमा आफ्ना गीत पोस्ट गर्न थालेकी थिइन् । यही वर्ष उनलाई प्रसिद्ध संगीतकार जे जेडले उनलाई आफ्नो म्यानेजमेन्ट लेबल रक नेशनमा साइन गरे । यो लेबलमा उनको डेब्यू एल्बम ह्याबिट्स रिलिज भयो जसबाट उनी चर्चित भइन् ।







डिसी नेपाल








Facebook Comment