सेयर बजार राताम्मे, १० प्रतिशतले बढ्यो दुई कम्पनीको सेयर मूल्य

डिसी नेपाल
१२ पुष २०७८ १५:२१
304
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ६९.७७ अङ्कले घटेर २ हजार ५२१.६५ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने १०.८५ अङ्कले घटेर ४७१.८९ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३० करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ४ सय ९९ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : शिवम् सिमेन्ट  र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह घटेका छन् । सोमबार सबै भन्दा बढी गोर्खाज फाइनान्स र मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले कमाएका छन्।  यी दुई कम्पनीको सेयर मुलत १० प्रतिशतले वृद्धि भएको छ। यता, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.