महालक्ष्मी विकास बैंकको ४ हजार ७०३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ७०३ कित्ता संस्थापक सेयर विक्री गर्ने लागेको हो ।
यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरीबैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment