श्रृजनशील लघुवित्तको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
काठमाडौं। श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ लाख ३७ हजार २५ कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपियाँ अंकित मुल्यमा ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले आइपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। श्रीजनशीलका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रीजनशीलको रजिष्टर्ड कार्यालय सिराहा जिल्लास्थित गोलबजार–७, चोरहवामा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment