२.६६ अङ्कले घट्यो सेयर कारोबार

डिसी नेपाल
१३ पुष २०७८ १५:२२
68
Shares

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २.६६ अङ्कले घटेर २ हजार ५१८.९९ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ०.९१ अङ्कले बढेर ४७०.९८ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १२  करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको २६ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ हजार ९ सय १८ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : नबिल बैंक र नेपाल रिइन्स्योरेन्सको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कारोबार भएका १३ बाट उपसूचकमध्ये ६ उपसुचक बढेको छ भने ७ उपसुचक घटेको छ। मंगलबार सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले कमाएका छन् भने गोर्खाज फाइनान्स र सिमिलिंग पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.