नेपाल पुनर्बीमा कम्पनीसहित तिन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं : तिन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।सेयर मूल्य समायोजन हुनेमा नेपाल पुनर्बीमा कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्त रहेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४ रुपैयाँ ७२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य १ हजार २ सय ८७ रुपियाँ रहेको थियो।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयर समायोजन गरेको छ । समायोजनपछिको सेयर मूल्य ४ सय ४३ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा बैंकको अन्तिम सेयर मूल्य ५ सय २ रुपैयाँ रहेको थियो।
यता, उन्नति सहकार्य लघुवित्तको ३० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजनपछि प्रतिकित्ता १ हजार ४ सय ८८ रुपैयाँ ४६ पैसा कायम रहेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ९ सय ३५ रुपियाँ रहेको थियो।







डिसी नेपाल








Facebook Comment