५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम मौका रहेको छ। समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको लभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी ५ वटै कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । यी ४ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस सेयर पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे सुरु हुनेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ। सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ ।सभामा लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २७ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसको साधारण सभा पुस २९ गते बस्दैछ ।
चिलिमे जलविद्युत कम्पनीको बार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ। आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश पारित गर्न सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे बस्नेछ ।
मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।







डिसी नेपाल








Facebook Comment