नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा माघ ४ गते हुने, यस्ता छन् प्रस्ताव

डिसी नेपाल
१४ पुष २०७८ १०:२३
124
Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा माघ ४ गते हुने भएको छ ।  पुस ११ गते बसेको सञ्चालक समितिको  बैठकले विशेष साधारणसभा आउँदो माघ ४ मा काठमाडौँको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट हुने भएको छ।

सभाले इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने एजेण्डा पेश गर्ने भएको छ। सभामा बैंकबीच सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्जर गर्ने एजेण्डा अनुमोदन गर्नेछ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।  दुवै बैंक एकभएपछि चुक्ता पुँजी, अधिकृत पुँजी, जारी पुँजी बढ्ने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.