स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभा पुस १५ गते हुने

डिसी नेपाल
१४ पुष २०७८ ११:३०
56
Shares

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । लाभांश पारित गर्न सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ६ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव रहेको  छ  ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यस अनुसार पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.