गम्भीर रोगबाट पीडित बलिउड कलाकार

डिसी नेपाल
१४ पुष २०७८ ११:५६
5.8k
Shares

काठमाडौं। बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ। लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि गम्भीर रोगबाट पीडित छन्।

उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला। बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन्। अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित छिन् । युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहेकी छन् । त्यहीकारण आफूलाई फिट बनाउन उनी योगाका अलावा मेडिकेसन गरिरहेकी छन्।

‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित छिन्। उनले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसकेकी छन्। ‘दबंग खान’ सलमान पनि गम्भीर बिरामीसँग जुधिरहेका छन् । उनलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ । जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ।

एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ। कैयौं पटक सुटिङको समयमा उनले यसको दुखाइको सामना गरेका छन् । यहीकारण उनले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाएका छैनन्।

अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित छिन् । यो हड्डी सम्बन्धीको रोग हो । यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.