७ वटा जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति ?

डिसी नेपाल
१४ पुष २०७८ १४:१४
120
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये ७ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा एशियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्।

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार एशियन लाइफले  सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ । एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, सबैभन्दा कम लाभांश रिलायन्स लाइफले दिने भएको छ।  रिलायन्स लाइफले गत आर्थिक वर्षको मुनाफाबाट  ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेको गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गर्नेछ ।

त्यस्तै, आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट प्राइम लाइफले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत, सूर्या लाइफले १२.७० प्रतिशत बोनस शेयर र कर तिर्न ०.६७ प्रतिशत नगद गरी कूल १३.३६ प्रतिशत, ज्योति लाइफले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.