५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
१४ पुष २०७८ १४:२५
64
Shares

काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ ।

मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.