प्रधानमन्त्री देउवाबाट कर्पोरेट एक्सिलेन्स अवार्ड वितरण गरिने

डिसी नेपाल
१४ पुष २०७८ २०:५९
32
Shares

काठमाडौं। समाजलाई निःस्वार्थ भावका साथ सेवा गरेका विभिन्न व्यक्ति तथा संस्थालाई यही पुस २३ गते कर्पोरेट एक्सिलेन्स अवार्ड र अवार्ड फर डिस्टिङ्गुइस्ड सर्भिसेजबाट सम्मान गरिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाबाट ती अवार्ड प्रदान गर्ने कार्यक्रम निर्धारण भएको कर्पोरेट क्लब नेपालले आज राजधानीमा पत्रकार सम्मेलन गरी जनाएको हो । आफ्नो सामाजिक तथा व्यावसायिक उत्तरादायित्व निर्वाह गरेका व्यक्ति तथा संस्थालाई १७ विधामा १९ अवार्ड प्रदान गरिने क्लबका संयोजक मोहन ओझाले जानकारी दिए।

अवार्ड छनोटका लागि नेपाली समाजका बौद्धिक तथा निजी, सरकारी र शैक्षिक क्षेत्रमा योगदान गरेका सात जनाको निर्णायक मण्डलले काम गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.