पाँच कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
१५ पुष २०७८ ९:१९
116
Shares

काठमाडौं। पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ।  समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएको हो।

समिट लघुवित्त वित्तीय संस्थाको २५.२८ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजनपछि सेयर मूल्य ११ सय ६५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ४ सय ६० रुपियाँ रहेको थियो।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले सेयर भाउ १३ सय ७ रुपैयाँ ७५ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ६ सय ७० रुपैयाँ रहेको थियो।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य समायोजनपछिको भाउ ५ सय ११ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । यसको ५ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य ५ सय ३७ रुपैयाँ रहेको थियो।

चिलिमे जलविद्युत कम्पनीको ७.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ।  समायोजनपछिको सेयर भाउ ४ सय ६७ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य ५ सय २ रुपैयाँ ९० पैसा रहेको थियो।

मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसपछि नेप्सेले ६ सय ७० रुपैयाँ ७१ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर मूल्य ९ सय ३९ रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.