चार सय रुपैयाँले सस्तियो सुन, चाँदीको मुल्य पनि घट्यो
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ ।
बुधबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ९ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल







Facebook Comment