नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १८ गते दिउँसो २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए बोलकबोल पेश गनुपर्नेछ ।
उक्त निक्षेपमा आवेदन दिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।







डिसी नेपाल







Facebook Comment