इमान गुमाएकाले नै प्रचण्डहरू जहिल्यै सत्तामा बसेका हुन् : ओली

डिसी नेपाल
१६ पुष २०७८ १५:३४
128
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन्। शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे।

‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने।

उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे।

उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे। ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.