हलिउडकी ‘गोल्डेन गर्ल’को निधन, अमेरिकी राष्ट्रपतिसहित ठूला–ठूला हस्तीले दिए श्रद्धाञ्जली
काठमाडौं। हलिउडकी विश्वप्रसिद्ध अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । उनको शुक्रबार ३१ डिसेम्बरमा ९९ वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन गर्ल्स र द मेरी टेलर मूर शो जस्ता शोमा काम गरेकी बेट्टी ह्वाइटले अमेरिकी जनतालाई ७ दशकसम्म हँसाइन् तर अब उनी संसार छोडेर गइसकेकी छिन् । बेट्टीको निधन आफ्नो घरमा सुतिरहेको अवस्थामा भयो ।
बेट्टीले हलिउड उद्योगमा सबैभन्दा लामो करिअर बिताइन् । यससँगै उनको नाम शोबिजको इतिहासमा लेखिएको छ । बेट्टीले १९४९ मा आफ्नो टेलिभिजन करिअरको सुरुवात गरेकी थिइन् । उनको अन्तिम काम फिल्म ‘टोय स्टोरी ४’ मा थियो । बेट्टीले २०१९ मा आएको यो एनिमेटेड फिल्ममा एक पात्रलाई आफ्नो आवाज दिएकी थिइन् ।
बेट्टीको निधनले हलिउड उद्योग शोकमा छ । उनका एजेन्ट जेफ विजासले पिपुल म्यागजिनसँग कुरा गर्दै ‘भलै बेट्टी १०० वर्षकी हुँदै थिइन् तर मलाई लाग्थ्यो कि उनी सधैं जीवित रहनेछिन् । म उनलाई धेरै मिस गर्नेछु । र, उनका जनावरले पनि उनलाई धेरै मिस गर्नेछन् जोसँग उनी धेरै माया गर्थिन् ।’ जेफका अनुसार बेट्टी आफ्नो १०० औं जन्मदिन मनाउन उत्साहित थिइन् तर दुःखद रुपमा उनले त्यो अवसर पाइनन् । अमेरिकी राष्ट्रपनि जो बाइडेन, हलिउडमा प्रसिद्ध हस्तीहरु लगायतले उनलाई श्रद्धाञ्जली दिएका छन् ।
Betty White brought a smile to the lips of generations of Americans. She’s a cultural icon who will be sorely missed. Jill and I are thinking of her family and all those who loved her this New Year’s Eve.
— President Biden (@POTUS) December 31, 2021
Betty White: First Lady Of Television — and our hearts. Rest in Peace ❤️ pic.twitter.com/AInUQ80HHn
— Netflix (@netflix) December 31, 2021
As if 2021 wasn’t bad enough. Rest In Peace, Queen Betty White. pic.twitter.com/BfxwP31km0
— Mark Ruffalo (@MarkRuffalo) December 31, 2021
Another brilliant talent has made her transition. I had the pleasure of getting to know Betty White and shared a few giggles with her. May she rest in well-earned peace. ❤️
— Dionne Warwick (@dionnewarwick) December 31, 2021
Man, 2021, you just couldn’t slip out without one more punch in the face, could you? So sad to hear comedy legend Betty White has passed. It’s hard to imagine a world without her. It’ll be a much less funny place, that’s for sure. RIP Genius Betty. https://t.co/7oFn6q5jWI
— Paul Feig (@paulfeig) December 31, 2021
Tonight we will raise MANY glasses to the WONDERFUL legacy of Betty White!!! ♥️♥️♥️♥️♥️
— Andy Cohen (@Andy) December 31, 2021
What an exceptional life.
I’m grateful for every second I got to spend with Betty White.
Sending love to her family, friends and all of us.
— Ellen DeGeneres (@TheEllenShow) December 31, 2021
The world looks different now. She was great at defying expectation. She managed to grow very old and somehow, not old enough. We’ll miss you, Betty. Now you know the secret. pic.twitter.com/uevwerjobS
— Ryan Reynolds (@VancityReynolds) December 31, 2021
RIP Betty White, the only SNL host I ever saw get a standing ovation at the after party. A party at which she ordered a vodka and a hotdog and stayed til the bitter end.
— Seth Meyers (@sethmeyers) December 31, 2021







डिसी नेपाल








Facebook Comment