सिद्धार्थ बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन

डिसी नेपाल
१८ पुष २०७८ ८:५०
128
Shares

काठमाडौँ। आइतबार (आज) दुई कम्पनीको मूल्य समायोजन भएको छ । मूल्य समायोजना हुनेमा सिद्धार्थ बैंक र आरएमडीसि लघुवित्त वित्तीय संस्था रहेको छ।

सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि सेयर भाउ ४ सय ६ रुपैयाँ १३ पैसा कायम भएको छ । यस अघि (बुधबार) नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार ४ सय ६४ रुपैयाँमा भएको थियो।

यस्तै, आरएमडीसि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछि नेप्सेले सेयर भाउ १ हजार १ सय ४३ रुपैयाँ ३३ पैसा हुने गरि समायोजन गरेको छ । यस अघि (बुधबार) नेप्सेमा लघुवित्तको अन्तिम सेयर कारोबार १ हजार ३ सय ७२ रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.