नेपाल एसबीआई बैंकको २८ औं वार्षिक साधारण सभा पुस २० गते हुने

डिसी नेपाल
१८ पुष २०७८ १०:०२
68
Shares
काठमाडौं । नेपाल एसबीआई बैंकको २८ औं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । लाभांश पारित गर्न बैंकको साधारण सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
सभामा अन्य वित्तीय संस्थाहरुसँग मर्ज तथा एक्युजिसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गरिने छ । सभा प्रयोजनार्थ बैंकले पुस ७ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.