दुई कम्पनीको सेयर मूल्य समायोजन, भाउ कति ?

डिसी नेपाल
१८ पुष २०७८ १०:२९
112
Shares

काठमाडौँ। दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। आइतबार सेन्ट्रल फाइनान्स र आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य समायोजन भएको हो।

सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। मूल्य समायोजनपछि सेयर मूल्य ३८२ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ । यस अघि बुधबार नेप्सेमा अन्तिम सेयर कारोबार ४ सय ११ रुपैयाँ ५० पैसामा भएको थियो।

यस्तै,आँधिखोला लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनसपछि नेप्सेले सेयर भाउ ३९० रुपैयाँ ७६ पैसा हुने गरि समायोजन गरेको छ । यस अघि बुधबार नेप्सेमा अन्तिम सेयर कारोबार ४ सय ६४ रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.