कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर आउँदै

डिसी नेपाल
१८ पुष २०७८ १०:४२
56
Shares

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः१.५ अनुपातमा १५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले प्रति कित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त हकप्रद सेयर माघ ७ गतेदेखि माघ २७ गतेसम्म खुल्ला हुने भएको छ।

बैंकको यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्ने भएको छ । बैंकले जारी गर्न लागेको हकप्रद सेयरमा पुस २५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.