पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । सेन्चुरी बैंक, मिर्मिरे लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त र कालिका पावरको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ ।
यी ५ वटै कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । यी ५ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
सेन्चुरी बैंकको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा हाोटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे सुरु हुने भएको छ ।
प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ । सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश ललितपुर दिँउसो १.३० बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
मिथिला लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा न्यू बौषा होटल एन्ड गेष्ट हाउसको सभाहल, लालगढ धनुसामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।
कालिका पावरको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।लाभांश पारित गर्न सभा कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।







डिसी नेपाल







Facebook Comment