७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१८ पुष २०७८ ११:५२
128
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

शुक्रबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.