नेशलन लाइफ इन्स्योरेन्सको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। नेशलन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले श्रीगणेश प्रोपटर्टिज एन्ड इन्भेष्टमेन्टको नाममा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको कारोबार मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ।
संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिनदेखि ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment