दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको ३० लाख ६३ हजार १८.९५ कित्ता सेयर सुचिकृत भएको छ। आइतबार कालिका लघुवित्त र सानिमा माई हाइड्रोको बोनस सेयर सुचिकृत भएको हो ।
कालिका लघुवित्तको १० प्रतिशतले हुन आउने २ लाख ४५ हजार ५ सय ८.९५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ। साथै, सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment