सुनको मूल्य घट्यो

डिसी नेपाल
१९ पुष २०७८ ११:१६
456
Shares

काठमाडौं।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.