२४ घण्टामा ३९३ जना नयाँ सङ्क्रमित थपिए, ३ लाख बढीले लगाए खोप

डिसी नेपाल
२० पुष २०७८ १५:४६
76
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ७९४ जनामा पीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा र १ हजार ५३५ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ जना रहेको र हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९९ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ५ हजार ९४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.