पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्छः अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएका छन्। राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उनले भने, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।”
सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उनले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए । “पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भने, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन ।”
पार्टीका कार्यक्रममा माहात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै उनले भने, “त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ ।” राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उनको कथन थियो ।







डिसी नेपाल








Facebook Comment