राष्ट्रियसभा उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन्?
काठमाडाैं। १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।
आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ।
त्यस्तै, ढुवानी १० हजार, गोष्ठी/अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो। निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment