एमाले बैतडी अध्यक्षमा पाल र चन्दकाे दावी

डिसी नेपाल
२१ पुष २०७८ १०:१२
56
Shares

बैतडी। नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन्। २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन्।

चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए। उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ।’

पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन्। पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताको भावना बुझ्दा मलाई नै सर्वसम्मत जिल्ला अध्यक्षमा अघि सार्ने देखिन्छ। त्यसै अनुसार हुन्छ होला । कसैले नमानेमा चुनाव हुन्छ, चुनाव भएमा लड्नै पर्‍याे।’

चन्दले भने वर्तमान अध्यक्ष पालले लामो समय पार्टीको नेतृत्व गरिसकेकाले अब हस्तान्तरण गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.