बैंक अफ काठमाण्डूले ल्यायो रेमिट बचत तथा मुद्धती खाता, यस्ता छन् विशेषता
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । बैंकले विदेशमा रहेको नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको हो ।
‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मुल नाराका साथ उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो । विदेशमा बसि श्रम गरिरहेका ग्राहकले उक्त बचत तथा मुद्धती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्धती खाता खोल्दा ग्राहकले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् ।
साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफलसहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेका रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।







डिसी नेपाल








Facebook Comment