मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि…

डिसी नेपाल
२१ पुष २०७८ १४:५४
136
Shares

काठमाडौं। प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो।

प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.