अभिनेत्रीको दुर्घटनामा घाँटी भाँचियो, गम्भीर घाइते अवस्थामा कोरोनाको पनि संक्रमण
काठमाडौं। अस्ट्रेलियाकी अभिनेत्री तथा गायिका एली सिम्पसन निकै कठिन अवस्थाबाट गुज्रिरहेकी छिन् । स्विमिङ पुलमा डाइभ गर्ने समयमा दुर्घटनावश उनको घाँटीको हड्डी भाँचिएको छ। अर्कोतिर यही बेला उनी कोरोना संक्रमित पनि भएकी छिन् । आफ्नो यो अवस्थामा आँसु बगाउँदै सिम्पसनले एक पोस्ट शेयर गरेकी छिन् । उनले २०२२ को सुरुवात आफ्नो लागि राम्रो नभएको बताइन् ।
एलीले लेखेकी छिन् ‘कहिलेकाहीँ एक्कासी जीवनले ठूलो मोड लिन्छ । २०२२ को सुरुवात मेरो लागि राम्रो भएन । मेरो भाँचिएको घाँटीको साथमा कोभिड पोजेटिभ पनि । मैले पुलमा डाइभ गरें र पुलको पिँधसँग मेरो टाउको ठोक्कियो । न्यू इयर इभमा एक्स रे र सिटी स्क्यान गराएँ र घाँटीमा २ गम्भीर फ्रेक्चर पत्ता लगाउनको लागि एमआरआइ पनि गराएँ । एम्बुलेन्सबाट सिधै अस्पताल गएँ जहाँ न्यूरो सर्जनले जाँच गरे ।’
‘कुनै तत्कालै गर्नुपर्ने सर्जरीको आवश्यकता छैन तर मैले हार्ड नेक ब्रेसको साथमा ४ महिना २४ घण्टा बस्नुपर्नेछ जबसम्म मेरो घाँटी पूर्ण रुपमा ठिक हुँदैन । म जीवितै बाँचेकोमा सााच्चै भाग्यमानी छु । ढाडको हड्डी बच्यो’ उनले लेखेकी छिन् । २३ वर्षकी एली द मास्क्ड सिंगरको अस्ट्रेलिया भर्सन र आइ एम अ सेलिब्रेटी गेट मी आउट अफ हियरमा देखिएकी छिन् ।







डिसी नेपाल








Facebook Comment