न्यानो कपडा र खाद्यान्न वितरण
काठमाडौं । बौद्ध समाज लुम्बिनीको सहकार्यमा चुजी फाउण्डेसनले आज रुपन्देहीको रोहिणी गाउँपालिकाका २३४ गरिब घरपरिवारलाई राहत वितरण गरेको छ ।फाउण्डेसनले स्थानीय सरकारको सिफारिसमा प्रति व्यक्ति रु तीन हजार मूल्य बराबरको राहत वितरण गरेको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जानकारी दिए ।
आर्थिक रुपमा विपन्न परिवारलाई टोलटोलमा पुगेर राहत वितरण गरेको बौद्ध समाज लुम्बिनीका प्रतिनिधि गोविन्द उपाध्यायले बताए । उनले कमजोर आयस्तर भएकालाई जाडोबाट बच्नका लागि न्यानो कपडाका साथै खाद्यान्न वितरण गरिएको जानकारी दिए ।
स्थानीय क्षेत्रमा गरिब परिवारले पाएको दुःखका खबर सुनेकाले रोहिणीका गाउँमा आफूहरु राहत वितरण गरेको चुजी फाउण्डेसन नेपालका प्रतिनिधि मुकुन्द विष्टले बताए । जिल्लामा विगत वर्षदेखि सामाजिक कार्यमा संलग्न बौद्ध समाज लुम्बिनीले बुद्ध दर्शनको विकास र विपन्न परिवारका लागि सहयोग पुर्याउँदै आएको छ ।







डिसी नेपाल








Facebook Comment