ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

डिसी नेपाल
२१ पुष २०७८ २०:२०
28
Shares

काठमाडौं । हेटौँडा काठमाडौँ कान्तिलोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौँडातर्फ आउँदै गरेको ना४त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी करिब २५० मिटर तल खसेकोे र ट्र्याक्टरमा सवार दुवैजना गम्भीर घाइते भई हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.