आन्तरिक राजस्व कार्यालय सिमराबाट साढे पाँच अर्ब राजस्व सङ्कलन

डिसी नेपाल
२१ पुष २०७८ २२:०३
40
Shares

आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड चार लाख ५४ हजार, स्वास्थ्य सेवाकर रु एक अर्ब ११ करोड ६८ लाख ३० हजार, मूल्य अभिवृद्धि कर रु ५५ करोड १६ लाख ९१ हजार, आयकर रु ४६ करोड ७३ लाख ६६ हजार, घर बहाल कर रु एक करोड ९६ लाख १९ हजार, ब्याज कर रु एक करोड ७८ लाख ८७ हजार र शिक्षा कर रु १७ हजारसमेत गरी पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयअन्तर्गत बारा, रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.