नेप्सेमा दुई बैंकको बोनस सेयर सूचिकृत

डिसी नेपाल
२२ पुष २०७८ ९:१२
244
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको २ करोड १३ लाख ६४ हजार ६८५.३४३४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत हुनेमा सानिमा बैंक र कामना सेवा विकास बैंक रहेको छ।

सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२.४४ कित्ता बोनस सेयरनेप्सेमा सूचिकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

त्यस्तै, कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १ सया २.९०३४ कित्ता बोनस सेयर सूचिकृत भएको छ।  बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.