दुई कम्पनीको सेयर मूल्य समायोजन, समायोजनपछि भाउ कति ?

डिसी नेपाल
२२ पुष २०७८ ९:५९
160
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। बिहिबार श्री इन्भेस्टमेन्ट फाइनान्स र गुहेश्वोरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर समायोजन गरेको हो।

श्री इन्भेस्टमेन्ट फाइनान्सको ७.७० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि फाइनान्सको सेयर भाउ ४ सय ४१ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम कारोबार ४ सय ७६ रुपैयाँले भएको थियो।

गुहेश्वोरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि फाइनान्सको सेयर भाउ ४ सय ५४ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम कारोबार ४ सय ९९ रुपैयाँ ९० पैसाले भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.