हिमालयन जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

डिसी नेपाल
२२ पुष २०७८ ११:१७
60
Shares

काठमाडौँ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको २७३ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश  दिने निर्णय गरेको हो।

कम्पनीले ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार ४ सयले हुन आउने बोनस सेयर र ०.३५ प्रतिशतले हुन आउने ३८ लाख ५१ हजार १ सय ७९ रुपैयाँ बराबरको नगद खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व १० करोड ३ लाख ३६ हजार ७ सय रुपैयाँले रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.