एमाले अधिवेशन : महोत्तरीमा तयारी शून्य, नेतृत्व चयन प्रक्रियामा मतभेद

डिसी नेपाल
२२ पुष २०७८ ११:३५
104
Shares

महोत्तरी। नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन।

केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा प्रतिनिधि चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो कि भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन्।

चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पु¥याएका नेताहरूलाइ समेत नसमेटेको भन्दै आलोचना भइरहेका बेला महोत्तरीमा हालसम्म अधिवेशनको तयारी नगरिनुले थप सशंकित बनाएको नेतारू बताउँछन्।

१०औँ महाधिवेशनले पनि गुटबन्दी अन्त्य गर्न नसक्दा त्यसको असर जिल्लामा देखिएको छ। आरोप र प्रत्यारोपका बीचमा नै एकथरी नेताहरूले सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् भने अर्काथरी निर्वाचन गराउनुपर्नेमा अडान दिएका छन्।

माओवादीबाट आएकासहितका नेताहरूले अहिले पनि सहमतिमा नै जोड दिनुपर्ने अडान लिँदै आएका छन्। ‘अन्तिम विकल्पको रुपमा मात्र निर्वाचनलाई आत्मासाथ गर्नुपर्छ,’ केन्द्रीय सदस्य तथा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकी बताउँछन्।

तर, सहमतिले क्षेत्रीय माहाअधिवेशन प्रतिनिधिमा समेत पार्टीभित्र गुट सिर्जना भएको भन्दै निर्वाचन नै पहिलो विकल्प हुने सीताराम झालगायतका नेताहरूको अडान छ।

१०औँ माहाअधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी, रामदयाल मण्डल जिल्लाको नेतृत्व लिनबाट पछि हटेका छ्न । वरीयताका क्रममा पनि जिल्लास्थित नेताहरूलाई अवसर दिनुपर्ने नेताहरूको भनाइ छ ।

अधिवेशन हुन अझै १५ दिन बाँकी रहँदै संयोजक, इन्चार्जको लागि आकांक्षीहरू निकै देखिएका छन्। आकांक्षीहरूले उम्मेदवार औपचारिकरुपमा घोषणा नगरे पनि नेता, कार्याकर्ताहरूसँग लविङ सुरु गरिसकेका छन्।

महोत्तरीमा सक्रिय सदस्यहरूको संख्या १७ हजार पुगेको नेताहरूको दावी छ। संख्यात्मक आधारमा पूर्वनिर्णयअनुसार नै चारवटै निर्वाचन क्षेत्रवाट जिल्ला प्रतिनिधि तोक्ने नेकपा एमालेको तयारी छ। तर, तयारीमा देखिएको सुस्तताले जिल्लामा निर्धारण गरिएको ५ र ६ माघको अधिवेशन सफल होला कि नहोला भन्नेमा कार्याकर्ताहरूमा अझै दुविधा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.