४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

डिसी नेपाल
२२ पुष २०७८ १४:४५
140
Shares

काठमाडौं। चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीका लागि समेत प्यान अनिवार्य गरेपछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।

सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसैगरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.