४३.२९ अङ्कले बढ्यो नेप्से, परिसूचक २६९२ विन्दुमा
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ४३.२९ अङ्कले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ९१ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र नेसनल फाइनान्स वित्तीय संस्थाको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह मध्ये ११ वटा उपसमूह बढेको छ भने २ वटा उपसमूह ओरालो लागेको छ । सबै भन्दा बढी होटल तथा पर्यटन उपसुचक बढेको छ भने व्यापार उपसुचक ओरालो लागेको छ ।







डिसी नेपाल








Facebook Comment