नेपाल प्रहरीका २६ एसएसपीकाे सरुवा, काे-कहाँ? (सूचीसहित)

डिसी नेपाल
२३ पुष २०७८ ८:३५
172
Shares

काठमाडौं। प्रहरी प्रधानकार्यालयले एसएसपीको सरुवा गर्दा कसैलाई काखा कसैलाई पाखा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले विहिबार साँझबाट लागू हुनेगरी २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गर्दा कसैलाई काखा र कसैलाई पाखा गरेको हो।

सरुवा भएको एक महिनामै त्रिभुवन विमानस्थल सुरक्षा गार्ड एसएसपी सुरेन्द्र मैनाली र भैरहवा विमानस्थल सुरक्षा कार्यालय प्रमुख अशोक सिंहलाई पुनः सरुवा गरेको छ। एसएसपी पूजा सिंहलाई भने भैरहवास्थित गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख बनाएर पठाएको छ।

उनी आगामी फागुन ७ गते अवकास पाउँदैछिन्। सामान्यतया अवकाश पाउनु अघि प्रहरीलाई कार्यालय प्रमुख बनाएर पठाउने गरिदैन तर सिंहको हकमा त्यो लागु गरिएको छैन।

सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जोशीको महानगरीय ट्राफिक महाशाखा, महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड भीमप्रसाद ढकाल, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा टेकप्रसाद राई र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पुजा सिंहको सरुवा गरिएको छ । एक महिना अघि त्रिभुवन विमानस्थलमा सुरेन्द्र मैनाली र गौतमबुद्ध विमानस्थलमा अशोक सिंहको सरुवा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.