छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

डिसी नेपाल
२३ पुष २०७८ ९:३७
48
Shares

काठमाडौं। छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरले ८ करोड ९३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने पुस २१ गते बुकक्लोज गरेको छ। यस अनुसार पुस २० गतेसम्म कायम सेयरधनी मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन्।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले यस हकप्रद सेयरमा माघ ११ गतेदेखि फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै,नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.