दुई दिनमा तोलामा १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। सुनको मूल्य दुई दिनमा १ हजार २ सय रुपैयाँले घटेको छ। बिहिबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुन शुक्रबार पनि तोलामा ७ सय रुपैयाँले घटेको हो।
बिहिबार प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ५ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment