नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ५ जना छनोट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदका लागि ५ जना छनोट गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम छनोटमा पारेको हो ।
आवेदकहरूले पेश गरेको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको आधारमा उनीहरुलाई छनोट गरिएको हो । छनोट समितिले ५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि पुस २५ गते बोलाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment